Logo

निर्वाचन आयोगलाई सरकारको कुनै निकायमा सार्ने कुरै हुन सक्दैन : कांग्रेस



काठमाडौं, १२ असार । निर्वाचन आयोगलाई सरकारको कुनै निकायमा सार्ने कुरा हुन नसक्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

मङ्गलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सचेतक लेखकले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘सरकारले यो कुरा पटकपटक भनेको पनि हो। निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भनेको छ। निर्वाचन आयोगका कुराहरू सरकारको कुनै निकायमा सार्ने कुरै हुन सक्दैन। नेपाली कांग्रेसका लागि यो कुरा सह्य हुँदैन।’



प्रतिक्रिया दिनुहोस्