Logo

बजेटबारे निर्णय गर्न दुई दलको बैठक बस्दै



काठमाडौं,१३ असार । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएका छन् ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।

नेकपा एस र जसपा दुबै दलले बोलाएको संसदीय दलको बैठक अहिले केहीबेरमा सुरु हुने बताइएको छ ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा यी दुबै दलमा तिब्र असन्तुष्टि देखिएको छ ।
दुवै पार्टीका सांसदहरूले बजेट संशोधन बिना पास गर्न नदिने धारणा राख्दै
आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot