Logo

कांग्रेस टिकाउने हो भने देउवाले विश्राम लिनुपर्छः नेता आचार्य



काठमाडौं, १३ असार । नेपाली कांग्रेसका नेता सुदर्शन आचार्यले नेपाली कांग्रेसभित्र ७० वर्ष उमेर कटेका नेताहरुले विश्राम लिनुपर्ने टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब नेपाली कांग्रेसको नेतृत्व युवाहरुको हातमा जान आवश्यक रहेको बताएका हुन् । सडक, यातायात, शिक्षा, स्वास्थ्य र सञ्चारको प्रारम्भ गर्दै मुलुकको विकासको चित्र कांग्रेसले नै कोरेको उनको दाबी छ ।

‘नेपाली कांग्रेसले सडक, यातायात, शिक्षा, स्वास्थ्य र सञ्चारको प्रारम्भ गरेको हो कि होइन ? यो मूलुकको विकासको चित्र नेपाली कांग्रेसले कोरेको हो कि होइन ? आजको विन्दुमा आइपुग्दा उमेरले ७० कटिसकेको नेताले विश्राम लिनुपर्छ । युवा नेताहरुले नेपाली कांग्रेसको नेतृत्व लिनुपर्छ,’– उनले भने ।

नेपालीको लोकतान्त्रिक शक्तिको पर्यायवाचीको रुपमा नेपाली कांग्रेस टिकिराख्ने हो र रहिरहने हो भने नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनले बताए कांग्रेस रुपान्तरण गरी कांग्रेसका माध्यमबाट सिंगो मुलुकलाई अगाडि लैजान र मुलधारका राजनीतिक दलहरु समाप्त भएका छैनन् भन्ने पुष्टि गर्नका लागि पनि युवामा नेतृत्व हस्तान्तरणका आवश्यकता रहेको उनले बताएका हुन् । मुलधारका राजनीतिक दलकै कारण नयाँ दलहरु उदाएको उनको दाबी छ । पार्टी सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै उनले मुलधारका राजनीतिक दलहरु टिक्ने र जनताकोबीचमा स्थापित हुने हो भने आफूलाई रुपान्तरण गरी विचार र उमेरले सक्षम युवाहरुको हातमा दिनुपर्ने बताए ।

कांग्रेसभित्र पनि एक सय एक भिजन भएका युवा नेता भएको दाबी गर्दै उनले देउवाले अब अध्ययनशील युवाहरुलाई अगाडि सार्न आवश्यक रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot