Logo

महामन्त्रीद्वयलाई कांग्रेस नेताको सुझावः पार्टी कमजोर बनाएर आफू बलियो हुने प्रतिस्पर्धामा नलाग्नुस्



काठमाडौं, १३ असार । नेपाली कांग्रेसका नेता गुरू बरालले पार्टीलाई कजोर बनाएर आफू बलियो हुने प्रतिस्पर्धामा नलाग्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस कमजोर भएको खण्डमा यो देशको व्यवस्था नै कमजोर हुने बताए । अहिलेको सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवाले मार्ग प्रसस्त गर्न आवश्यक भएपनि त्यसका लागि अरु नेताहरु पनि जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।

‘कांग्रेसलाई कमजोर बनाएर म बलियो हुन्छु भन्ने प्रतिस्पर्धामा कोही साथी नलागे हुन्छ । जुनदिन कांग्रेस कमजोर हुन्छ त्यो दिन यो देशको लोकतन्त्र कमजोर हुन्छ । शेरबहादुर देउवाले पनि आफूलाई परिमार्जित र परिस्कृत गरेर अरुलाई बाटो खोल्न जरुरी छ । त्यसका लागि हामी पनि जिम्मेवार हुनुपर्यो,’– उनले भने ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलतर्फ लक्षित गर्दै उनले कांग्रेस रुपान्तरित हुन जरुरी भएपनि सडकमा, चोकमा र टेलिभिजनमा चिच्याएरमात्रै रुपान्तरण नहुने बताए ।

कांग्रेस रुपान्तरका लागि आफ्नै विधि र प्रकृया रहेको स्मरण गराउँदै उनले सबैले नेतृत्वको सम्मान गर्न समेत आग्रह गरे । देउवाले आफू तेस्रो पटक पार्टी सभापति नबन्ने बताएको स्मरण गर्दै उनले देउवालाई प्रधानमन्त्री नबनाउनका लागि संसदीय दलमा बहुमत पुर्याएर हटाउन पर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot