काठमाडौं,१३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ ।
२१ सांसदसहित संसदको चौंथो शक्तिको रुपमा रहेको रास्वपाले आज विहान आफ्ना सांसदहरुसँग गरेको छलफलमा बजेटका विपक्षमा मतदान गर्ने निर्णय भएको बताइएको छ ।
सरकारले आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटलाई आजको प्रतिनिधि सभाको बैठकमार्फत पारित गर्ने तयारी थालेको छ ।