Logo

ललिता निवास प्रकरणमा भूरा माछा समाएर ठूलालाई उन्मुक्ति दिने काम नहोस्: कांग्रेस सांसद खतिवडा



काठमाडौं,१३ असार । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गर्ने कार्यमा सलंग्न जो सुकैलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शूल्य समयमा बोल्दै सांसद खतिवडाले यस प्रकरणमा नाम मुछिएका सामान्य व्यक्तिलाई मात्रै नभएर हाईप्रोफाईलका व्यक्तिलाई समेत पक्राउ गरेर आवश्यक अनुसन्धान गर्न माग गरे ।

‘ललिता निवास प्रकरणमा साना माछाहरू ढोक्सामा पर्न लागेको सुनियो,’ उनले भने,‘ठूला ४ आना, ८ आना, ३२ आनाका माछाहरूपनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस्। भूरालाई जालमा हाल्ने ठूलालाई छोड्ने काम नगरोस्।’



प्रतिक्रिया दिनुहोस्