Logo

ललिता निवास प्रकरण : पक्राउ परेका ४ जना म्याद थपका लागि अदालतमा



काठमाडौं, १३ असार । ललिता निवास जग्गा प्रकरणमा मङ्गलबार पक्राउ परेका ४ जनालाई म्याद थपका लागि अदालत लगिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले पक्राउ गरेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, धर्मप्रसाद गौतमलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ।

सीआइबीले मङ्गलबार ७ जनालाई पक्राउ गरेको जसमध्ये तीन जनालाई अदालतको ‘स्टे-अर्डर’ लिएको भन्दै कागज गरेर मङ्गलबार नै छोडेको थियो।

यो प्रकरणमा सीआइबीले ४ सय ६ जनालाई पक्राउ गर्न अनुमति लिएको बताएको छ।



प्रतिक्रिया दिनुहोस्