Logo

सीआइबीको दाबी : ललिता निवास प्रकरणमा हद म्याद लाग्दैन



काठमाडौं, १३ असार । केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले ललिता निवास प्रकरणमा हद म्याद नलाग्ने जिकिर गरेको छ।

मङ्गलबार ललिता निवास प्रकरणमा जानकारी दिने उद्धेश्यले सीआइबीले गरेको पत्रकार सम्मेलनमा नयाँ मुलुकी ऐन जारी हुनअघि कै मुद्दा भएकाले सोही कानूनको आधारमा मुद्दा दायर हुने र पुरानो कानूनअनुसार मुद्दा चलाउँदा हदम्याद नलाग्ने प्रावधान रहेको सीआइबीले दाबी गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले भने, ‘यो मुद्दा दर्ता नगर्ने प्रश्न नै आउँदैन, हामीले धेरै नै मेहनत गरेर प्रमाण जुटाएका छौँ। मुद्दा दर्ता हुन्छ, अघि बढ्छ, हद म्यादमा पनि द्विविधा छैन, यस्तोमा सानो चलखेल रहन्छ नै उनीहरुलाई जवाफ दिने यथेष्ठ प्रमाण छन्।’

उनले ललिता निवास प्रकरणमा नयाँ मुलुकी ऐन आउनुभन्दाअघिकै मुद्दा भएकाले हुँदा अहिलेको कानून आर्कषित नहुने दाबी गरे।



प्रतिक्रिया दिनुहोस्