काठमाडौं,१३ असार । नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठकमा पनि अवरोध गरेको छ ।
आज बसेको प्रदेश सभाको बैठकमा एमालेलले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटमा सत्तापक्षका नेताहरुले पैत्रिक सम्पत्ति जसरी बजेट बाढेको भन्दै विरोध गर्दै सदन अवरुद्ध गरेको हो ।
एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले सरकारले ल्याएको बजेट सच्याउन माग गर्दै जथाभावी विनियोजित बजेट सच्याउने निर्णय नगरेसम्म सदन चल्न नदिने बताएका छन् । अहिले पनि एमालेको अवरोध जारीनै रहेको छ ।
एमालेको निरन्तरको अवरोध पछि सभामुख नन्दा गुरुङले बैठक ३० मिनेटका लागि स्थगित भएको घोषणा गरेकी छन् ।