Logo

प्रतिनिधिसभाको बैठक स्थगित्



काठमाडौं, १३ असार । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित् भएको छ।

आजको बैठकमा विनियोजित बजेटमाथिको छलफल सकेर पारीत गर्ने कार्यसूची रहेकोमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट स्पष्ट जवाफ नआएको भन्दै एमाले, रास्वपालगायतका विपक्षी दलले सदन अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्