काठमाडौं,१३ असार । सरकारले ल्याएको आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि विभिन्न दलका सांसदहरुले पेश गरेको खर्च कटौतीको सबै प्रस्तावहरु अस्वीकृत भएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले गरेको खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । सभामुख घिमिरेले निर्णयार्थ पेस गरेका उक्त सबै प्रस्तावहरु बहुमतले अस्वीकृत भएका छन् ।
विभिन्न मन्त्रालयमाथिको खर्च कटौती गरिओस भन्दै सांसदहरु नारायणप्रसाद आर्चाय,प्रेम सुवाल, भगवती चौधरी, दामोदर भण्डारी, लिलानाथ श्रेष्ठ, सुमना श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, बलराम अधिकारी, बसन्तकुमार नेम्वाङ , दामोदर पौडेल वैरागी, दीपा शर्मा, गोकर्ण विष्ट, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, सूयबहादुर थापा क्षेत्री, डा.स्वर्णिम वाग्ले, जुलीकुमारी महतो महासेठ,सूयप्रसाद ढकाल, अच्युतप्रसाद मैनाली,ज्वालाकुमारी शाह, योगेशकुमार भट्टराई,सहराज अहमद फारुखी, हरिप्रसाद उप्रेती,पदम गिरी र महेशकुमार बर्तौलाले राखेको सबै प्रस्तावहरु प्रतिनिधिसभाबाट अस्वीकृत भएका छन् । भने प्रभु साह र डा.अमरेशकुमार सिंहले भने आफुले राखेको प्रस्ताव फिर्ता लिएका छन् ।