Logo

ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना, एकै जनाको नाममा २९ रोपनी (भिडियोसहित)



काठमाडौं, १३ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा एक सय ४३ रोपनी सरकारी जमिन हिनामिना भएको बताएको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै व्युरोले उक्त प्रकरणमा अहिलेसम्म चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको र बाँकी आरोपितहरु पनि छिट्टै पक्राउ पर्ने बताएको छ ।

उक्त प्रकरणमा पक्राउ पर्नेहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्म प्रसाद गौतम, मालपोत कर्मचारी गोपाल गौतम र भक्तपुरका मालपोत अधिकृत सुधीर साह रहेका छन् । ललिता निवास प्रकरणमा सरकारी किर्ते भएकाले मुलुकी ऐन २०२० अनुसार हदम्याद नरहने अर्थात अनुसन्धानका लागि असीमित हदम्याद रहेको सिआईबीले जनाएको छ । पक्राउ परेका गुरुङको नाममा २९ रोपनी जग्गा फेला परेको सिआईबीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्