Logo

जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णयबाट ब्याक भयो सरकार



काठमाडौं, १३ असार । सरकार जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णयबाट पछि हटेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतले सरकारले उक्त निर्णय फिर्ता लिएको जानकारी गराएका हुन् ।

‘जिल्ला निर्वाचन कार्यालय सम्बन्धी व्यवस्था जुन अहिलेसम्म रही आएको छ, यथावत नै रहेको व्यहोरा नेपाल सरकारको तर्फबाट सम्मानीति सदन एवं सम्माननीय सभामुख ज्यूलाई जानकारी गराउन चाहन्छु,’– अर्थमन्त्री महतले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्