Logo

ललिता निवास प्रकरण: चार आरोपीलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं,१३ असार । ललिता निवासको जग्गा अपचलन गरेको आरोपमा पक्राउ परेका चार जना आरोपीलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

यस प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह,धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आज अनुमति दिएको हो ।

हिजो पक्राउ परेका चार जनामध्ये गुरुङ,शाह, र गौतम बिरामी भएपछि हिजोदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उनीहरूलाई अस्पतालबाट सीआईबी कार्यालय ल्याएर म्याद थपका लागि लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस्