Logo

बजेटबारे छिनोफानो गर्न संसद्मा मतदान हुँदै



काठमाडौं,१३ असार । सरकारले ल्याएको आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्न प्रतिनिधिसभामा मत विभाजन हुँदैछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले बजेटलाई निर्णयार्थ पेस गर्दा बहुमत सांसदहरुले पक्षमा हात उठाउँदा सभामुख घिमिरेले ध्वनी मतबाट बजेट पारित भएको घोषणा गरेका थिए । सभामुखले गरेको घोषणामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएपछि मत विभाजन हुने भएको हो ।

बजेटमा विपक्षमा रहेको सांसदहरु धेरै रहेको भन्दै एमालेका सचेतक महेश बर्तौँलाले नियमापत्ति जनाएपछि मत विभाजन हुने भएको हो ।



प्रतिक्रिया दिनुहोस्