काठमाडौं, १३ असार । कोशी प्रदेशका मन्त्री बुद्धिकुमार राजभण्डारीलाई अदालतको अवहेलना अन्तर्गत पाँच दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
बुधबार उच्च अदालत विराटनगरले मन्त्री राजभण्डारीलाई अदालतको अवहेलना अन्तर्गत पाँच दिनभित्र आफैं उपस्थित् भएर लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
मन्त्री राजभण्डारीले केही दिन अगाडि सार्वजनिक कार्यक्रममा अदालतका न्यायाधिशलाई लिएर विभिन्न टिकाटिप्पणी गरेका थिए।