Logo

म पदमै झुण्डिएर मर्दिन, गोजीमा राजीनामा बोकेर हिँडेको छुः मन्त्री किराँती (भिडियोसहित)



काठमाडौं, १४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनताको चाहना अनुसार काम गर्न नसके पनि तुलनात्मक रुपमा राम्रो काम गरेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले लोकतन्त्रमा जुनसुकै स्थानको, तहको मान्छे पनि कानुन मुनि हुँदैरहेछ भन्ने स्पष्ट पारेको बताए । मानव समाजको सबैभन्दा ठूला महाशत्रु भ्रष्चार भएकाले त्यसको अन्त्य नभई समृद्धि सम्भव नभएको उनले बताए ।

कुन कानुनमा रहेर हेलीपोट बनाउने निर्णय गर्नुभयो भन्ने धमलाको प्रश्नमा उनले भने,–‘नेपालको संविधान नै तीन खम्बे अर्थ नीति अन्तर्गत निर्देशित छ । पछिल्लो समयमा बनेको ऐन र नियमावलीहरुमा स्पष्टै लेखिएको छ कि नीजि श्रेत्रलाई पनि संरचना बनाउन दिने भनेर । सबै ऐन कानुनको आधारमा त्यहाँको स्थानीय जनताको माग, वडा र पालिकाको सिफारिस, सिडिओको नेतृत्वका हुने सुरक्षा समितिको सिफारिस, गृहमन्त्रालयको सहमति र रक्षा मन्त्रालयको सुझावसहित हामीले सैद्धान्तिक निर्णयमात्रै गरेको हो ।’

हेलिपोट बनाउने कार्यमा आफूहरुले सैद्धान्ति निर्णय गरेको र प्राविधि रुपमा गर्न नसकिने र गर्न नहुने भए अबको फेजमा छलफल र बहस हुने उनको भनाई छ । आफूले रामेश्वर थापालाई नचिनेको उनले बताए । आफू ऐन, कानुनको मातहतमा हिँडेको र लगत भएको खण्डमा जुनसुकै कठाघरामा उभिन तयार रहेको उनले बताए । हेलिपोट बनाउने निर्णयमा आफू गलत नरहेको उनको दाबी छ । पहरा हान्ने कोशिस गरिएमा सिङ भाँचिने उनको चेतावनी छ । आफू मन्त्रालयमा एक दिन, दुई दिन, पाँच दिन जति टिके पनि माफियासँग नझुक्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

आफूलाई प्रधानमन्त्री प्रचण्डको हरेक कुरामा सपोर्ट चाहिने र सपोर्ट रहेको उनले बताए । आफूले कहिले पनि प्रधानमन्त्री प्रचण्डलाई धोखा दिने काम नगर्ने उनले बताए । आफूले सधै प्रधानमन्त्रीको निर्देशन टाउकोमा र आमाको उपदेश छातिमा राखेर हिँडेको उनले बताए । देश, जनता र पार्टीलाई धोखा हुने काम भएको खण्डमा राजीनामा दिनका लागि राजीनामा पत्र पनि गोजीमा बोकेर हिँडेको उनले बताए ।

‘हरेक कुरामा प्रधानमन्त्रीको सपोर्ट चाहिन्छ । तर, म प्रधानमन्त्रीलाई धोका दिने काम गर्दिन । तीन वटा कुरा बोकेर हिँडेको छु, प्रधानमन्त्रीले यो देश बनाउने सपना अनुसारको दिएको निर्देशन टाउकोमा बोकेर हिँडेको छु । मेरो आमाले अहिले बितेर जानुभयो, मेरो आमाले मलाई बालक हुँदाखेरी कसैलाई पनि ठग्ने काम नगर्नु, झुक्काउने, नराम्रो र धोखा दिने काम नगर्नु भनेको छ मेरो आमाले छातीमा त्यो र असहज हुन्छ भने, देशलाई धोका हुन्छ भने पार्टीले तपाईको कारणले अप्ठ्यारो हुन्छ भन्छ भने गोजीमा राजीनामा पनि बोकेर हिँडेको छु,’– उनले भने ।

आफू अरुलेजस्तो रोएर मन्त्री पदबाट ननिस्कने उनले बताए । आफूलाई यही पदमा झुण्डिएर मरौंजस्तो नलागेको उनको भनाई छ । माफियाहरुले आफूलाई हटाउने हल्ला पटक–पटक हल्ला चलाएको स्वीकार गर्दै उनले प्रधानमन्त्री प्रचण्ड यस विषयमा स्पष्ट भइसकेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot