काठमाडौं,१४ असार । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले आज विश्वासको मत लिन लागेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्दै आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एक सांसदले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले अहिले केहिबेरमा बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिँदैछन् ।