काठमाडौं, १४ असार । पहिलाको भन्दा वर्तमान समयमा धेरै परिवर्तन भइसकेको छ। संसार आधुनिक भइसकेको छ। शरीरमा हुने कुनै पनि परिवर्तन मेसिनको मद्धतले तुरुन्तै पत्ता लगाउन सकिन्छ। तर, सयौं वर्ष पहिले जब विज्ञान त्यति आधुनिक थिएन। शरीर जाँच्ने मेसिन थिएन।
त्यतिबेला जब गर्भावस्था परीक्षणको कुरा आउँछ, कसरी पत्ता लगाउथे होला? आज गर्भावस्थामा त यस्ता धेरै किटहरू छन् जसको कारण केही मिनेटमै पत्ता लगाउन सकिन्छ। कोही महिला गर्भवती छिन् वा छैनन्, तर धेरै वर्षअघि यस्तो सुविधा थिएन। त्यसबेलाका विज्ञहरूले गर्भ परीक्षण गर्ने विधिको बारेमा सुन्नुभयो भने छक्क पर्नुहुनेछ।
गहुँ र जौँ बाट परीक्षण
मेन्टल फ्लसमा प्रकाशित एक रिपोर्ट अनुसार, इजिप्टमा इवि १३५० तिर महिलाहरूको लागि गर्भावस्था परीक्षणको लागि प्रयोग गरिने विधिहरूमा गहुँ र जौको ठूलो महत्त्व थियो। यी दुई चीजको सहयोगमा मानिसहरूले बच्चाको लिंगको बारेमा पनि पत्ता लगाउने गर्थे। यो प्रक्रियाको सहायताले इजिप्टका जनताले गर्भवती महिलाको केटा छ वा केटी पत्ता लगाउने गर्थे।
१३५० तिर इजिप्टका मानिसहरूले महिलाको गर्भावस्थाको बारेमा थाहा पाउन थालेपछि त्यहाँका चिकित्सा विज्ञहरूले त्यस्ता महिलाहरूलाई जौ र गहुँको दानामा पिसाब गर्न भन्थे।
यो प्रक्रिया धेरै दिनसम्म चलिरह्यो, त्यसपछि गहुँको बीउबाट बिरुवा निस्क्यो भने छोरी जन्मन्छ र जौको बीउबाट बिरुवा निस्क्यो भने केटा जन्मन्छ भन्ने मान्यता थियो। अर्कोतर्फ यी बीउमा केही दिन पिसाब गर्दापनि कुनै बीउ अंकुरण भएन भने महिला गर्भवती नभएको मानिन्छ।
प्याजबाट परीक्षण
इजिप्टियनहरू जस्तै ग्रीकहरूसँग पनि केही विधिहरू थिए जसको मद्दतले उनीहरूले आफ्ना महिलाहरू गर्भवती भए वा होइनन् भनेर पत्ता लगाउन प्रयोग गर्थे। तर त्यो विधी फरक र खतरनाक थियो।
इजिप्टवासीहरूले गर्भावस्था जाँच गर्न प्याज लिने गर्दथे। प्याजलाई छोलेर गर्भावस्था जाँच गर्ने महिलाको योनीमा राख्न भनिनथ्यो।
प्याज रातभर योनिमा राख्थे र दोस्रो दिन महिलाको मुखबाट प्याजको गन्ध नआयो भने महिला गर्भवती भएको मानिन्थयो तर मुखबाट प्याजको गन्ध आएमा महिला गर्भवती नरहेको मानिनथ्यो।
यस पछाडिको विज्ञान :
महिला गर्भवती हुँदा उनको पाठेघर बन्द हुन्छ र प्याजको गन्ध मुखमा पुग्न सक्दैन। महिला गर्भवती नभएको बेला उनको पाठेघर खुल्ला हुने र यसबाट प्याजको गन्ध मुखमा पुग्ने गरेको थियो। -विभिन्न ऐजेन्सीको सहयोगमा