Logo

कोशी प्रदेश नामाकरणः पहिचानवादीको आन्दोलनमा प्रधानमन्त्री प्रचण्डले पेट्रोल छर्किएको मुख्यमन्त्री कार्कीको आरोप



काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचानवादीको आन्दोलनमा पेट्रोल छर्किएको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले अघिल्लो प्रदेश सभाले पुरा गर्न नसकेको नामाकरणको विषय आफूले संविधानसम्मत निष्कर्षमा पुर्याएपनि संघीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले हस्तक्षेप गरेको उनको आरोप छ ।

‘संवैधानिक विधि, प्रक्रिया पूरा गरेर । हाम्रो प्रदेश सभा र प्रदेश संरचनासँग कुनै सल्लाह नै नगरी नेपाल सरकारका मन्त्री, प्रधानमन्त्रीहरु गलत भयो भनेर बोल्दिनु हुन्छ ? त्यसले यहाँको समस्यामा आगोमा घिउ छर्किने अभवा पेट्रोल छर्किने कामसमेत भयो । नामाकरण हामीले संवैधानिक ढंगले पुरा गरेका छौं,’– उनले भने ।

प्रदेश नामाकरणमा चित्त नबुझे सहमतिमा संवैधानिक ढंगबाट परिवर्तन गर्न सकिने उनले बताए । प्रधानमन्त्रीले प्रदेश नामाकरण गल्ती भयो भनेर प्रदेश सभाको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्