Logo

‘विन्ती त गर्नु जुँगामा ताउ लगाएर’ मुख्यमन्त्रीलाई विश्वासको मत नदिउँ भयोः राजेन्द्र राई



काठमाडौं, १४ असार । नेकपा (एकीकृत समाजवादी) का कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जुँगामा ताउ लगाएर विश्वासको मतका लागि विन्ती गरेको आरोप लगाएका छन् । आज (बिहीबार) मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव राखेपछि उक्त प्रस्तावको छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री कार्कीले अरुमाथि दोषारोपण गर्दै विश्वासको मत पाउने दुस्साहस गरेको बताएका हुन् ।

‘यो सरकार आफ्नै कारणले गर्दा यो अवस्थामा आएको हो । विन्ती त गर्नु जुँगामा ताउ लगाएर भनेजस्तो विश्वासको मत त माग्नु हुन्छ मुख्यमन्त्रीज्यूले अरुलाई दोषारोपण गर्दै । पहिलाकोले सबै बेठिक गर्यो, मैले राम्रै राम्रो गरेँ भने दिउँदिउँ लागेको पनि नदिउँ हुन्छ,’–उनले भने ।

प्रदेश सरकारले विश्वासको मत लिने वातारण नेकपा (एस) को कारण निर्माण नभएको उनको दाबी छ । आफूहरु पहिला पनि प्रतिपक्षमा रहेको स्मरण गराउँदै उनले अहिलेको सरकारमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्