काठमाडौं,१४ असार । कोशी प्रदेशसभाको बैठक अहिले जारी छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि सुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदैछन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । अहिलेसम्म मुख्यमन्त्री कार्कीलाई एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसदको मात्र समर्थन रहेको कारण उनी नेतृत्वको सरकार ढल्ने सम्भावना बढ्दै गएको छ ।
अहिले केहिबेरमा हुने प्रदेशसभाको मतदानमा अन्य दलका सांसदबाट फ्लोर क्रस नभएमा एमाले नेता कार्की नेतृत्वको सरकार ढल्ने निश्चित रहेको छ ।