काठमाडौं,१४ असार । कोशी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि सुरु भएको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावमाथि छलफलल सकिएपछि सभामुख बाबुराम गौतमले बैठक ३० मिनेटका लागि स्थगित गरेका हुन् ।
आजै बस्ने दास्रो बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धिको प्रस्तावमाथि मतदान हुनेछ ।