Logo

फोटो पत्रकारिता तालिम : काठमाडौंका सम्पदा स्थलमा लगेर व्यावहारिक प्रयोग (फोटोफिचर)



काठमाडौं, १४ असार । पत्रकार महिलाहरूका लागि सञ्चालित तीन दिने फोटो पत्रकारिता तालिमअन्तर्गत आज(बिहिबार) काठमाडौंका सम्पदा स्थलहरूमा लगेर व्यावहारिक ज्ञान सिकाइएको छ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)द्धारा संयुक्तरूपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को सहकार्य तथा सञ्चारिका समूह नेपालको संयोजनमा सोमबारदेखि काठमाण्डौ सञ्चालनमा रहेको तालिमअन्तर्गत व्यावहारिक ज्ञानका लागि आज काठमाडौंका सिकाइएको छ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत ४५ जना पत्रकार महिलाहरूलाई बौद्ध, पशुपतिलगायतका सम्पदा क्षेत्रहरूमा लगेर व्यावहारिक ज्ञान सिकाइएको हो।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot