काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज बसिरहेको छ । प्रदेश सभाको बैठकमा आधी घण्टाको समय मागेर बाहिरिएका मुख्यमन्त्री कार्की दुई घण्टा वितिसक्दा पनि अझै प्रदेश सभाको बैठकमा आएका छैनन् ।
‘आधी घण्टाको समय मागेर मुख्यमन्त्री ज्यु बाहिरिनु भएको । दुई घण्टाभन्दा बढी भयो । हामी कुरेर बसेका छौं, उहाँ आउनु भएको छैन । बैठक पनि स्थगित भएको छैन,’– नेपाली कांग्रेस कोशी प्रदेश सभाका मुख्य सचेतक भुपेन्द्र राईले रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै भने ।