काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभा बैठक स्थगित गर्न सभामुख बाबुराम गौतमलाई पत्र पठाएका छन् । आधा घण्टा समय मागेर बाहिरिएको मुख्यमन्त्री कार्कीले प्रदेश सभा बैठक भोलि (शुक्रबार) विहान राख्न भनेका छन् ।
संसद्मा विश्वासको मतबारे उठेको प्रश्नको जवाफका लागि समय अपुग भएको भन्दै मुख्यमन्त्री कार्कीले बैठक भोलिका लागि सार्न आग्रह गरेको बताइएको छ ।