Logo

पुटिन कमजोर हुनु थप खतरा : बोरेल



काठमाडौं, १४ असार । युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले दशकौं यताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कट निम्त्याएपछि कमजोर बनेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘भयानक खतरा’ निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

“पुटिन कमजोर हुनुले थप खतरा निम्त्याएको छ। त्यसैले हामीले यसको परिणामबारे धेरै सजग हुनुपर्छ,” ब्रसेल्समा इयू नेताहरूको भेलाअघि जोसेप बोरेलले भने।

“अहिलेसम्म हामी रूसलाई खतराको रूपमा हेरिरहेका थियौं किनभने यो धेरै बलियो थियो र युक्रेनमा बल प्रयोग गरिएको छ। अब हामीले आन्तरिक अस्थिरताका कारण रूसलाई जोखिमकारूपमा हेर्नुपर्छ,” बोरेलले भने।

सन् १९९९ मा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको नेतृत्व गरेपछि पुटिनले सन् १९९९ मा सत्तामा आएयताको सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपरेको थियो।



प्रतिक्रिया दिनुहोस्