काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबारसम्म प्रदेशसभाको बैठक स्थगित् गर्न आग्रह गरेका छन्।
बिहिबार विश्वासको मत माग्ने क्रममा प्रदेशसभाबाट बाहिरिएका मुख्यमन्त्री कार्कीले सो आग्रह गरेका हुन्।
उनले प्रदेश सभामुखसँग शुक्रबारसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेका छन्। मुख्यमन्त्री कार्कीले फोनबाट सभामुख बाबुराम गौतमलाई शुक्रबार दिउँसो १ बजेसम्मलाई प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गरेका छन्।