Logo

ललिता निवास प्रकरणः तीन अभियुक्तको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश चुडालको इजलासमा 



काठमाडौं, १५ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका अभियुक्तहरु सुधिर कुमार शाह, धर्म प्रसाद गौतम र मिन बहादुर गुरुङले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका छन् । उनीहरुको रिट सुनुवाईका लागि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ । उनीहरुले नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्