Logo

एमाले लक्षित कानूनमन्त्री गुरुङको टिप्पणी: भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन



काठमाडौ,१५ असार । नेपाली कांग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बर्तमान सत्ता गठबन्धन आगामी ५ वर्षसम्म टिक्ने दाबी गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले प्रमुख प्रतिपक्षी दल एमालेले सरकार ढाल्ने खेल खेलेपनि त्यो सफल नहुने दाबी गरे । उनले एमालेलाई सरकार ढाल्ने खेलमा नलाग्न आग्रहसमेत गरेका छन् ।

‘अहिले हामीले पदको माया र जनता भन्दा नेपाली जनताको माया र ममतामा ध्यान दिएका छौँ । अहिले गठबन्धनको सरकार ढल्छ भन्ने पनि सुनिएको छ, यो बजारमा हल्ला चलेको सुन्छु । श्रद्धेय पार्टी सभापतिको भरोसा यही गठबन्धनलाई अघि बढाउने कुरा छँदैछ’ मन्त्री गुरुङले भने, ‘ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो । हामी ठिक मिसनमा छौँ । ठिक ढंगमा छौँ ।’ file photo



प्रतिक्रिया दिनुहोस्