Logo

प्रधानमन्त्रीले भ्रष्टाचारको डंगुरमा बसेर शुद्धताको मन्त्र उच्चारण गर्नुभयो : राजेन्द्र लिङदेन



काठमाडौं,१५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशका शीर्ष नेताहरु भ्रष्टचारमा लिप्त भएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारमा ठुला काण्डहरुमा शीर्ष नेताहरुको संलग्नता रहेको दाबी गरे।

उनले सत्ताको नेतृत्व गरिरहेका शासकहरुनै भ्रष्टचारको डंगुरमा बसेर शुद्धताको मन्त्र उच्चारण गरिरहेको आरोप लगाएका छन् । ‘अहिले भ्रष्टाचार बढेर गएको छ। वैदेशिक हस्तक्षेप बढेर गएको छ। तपाईंहरु ज्युदो साँची हुनुहुन्छ । भ्रष्टाचारको डंगुरमाथि बसेर देशका शासकहरु शुद्धताको मन्त्र उच्चारण गरिरहेका छन्। भुटानी शरणार्थी प्रकरणलाई मात्रै हेर्नुभयो भने पनि हामीले बारम्बार भनेको कुरालाई पुष्टि हुन्छ ।

हामीले भन्यौं नेपालमा हुने सबै भ्रष्टाचारको काण्डहरुमा अहिलेका ठुला हुँ भन्ने सबै दलहरु संलग्न छन्। त्यो कुरा प्रमाणित भयो। कुनै दल चोखो छैनन्। ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण होस्, अहिले फाइल खोल्न बाँकी रहेको वाइटबडी प्रकरणमा होस्, प्रहरीले अनुसन्धान बढाएर जनदबाब बढेपछि सरकारमा बस्नेहरु यकातिर ठुल्ठुला कुरा गरिरहेका छन् ’। लिङदेनले भने file photo



प्रतिक्रिया दिनुहोस्