Logo

राजेन्द्रलाई हिक्मतको जवाफ: तपाईंलाई एमालेमा स्वागत गर्न आतुर छौं



काठमाडौं,१५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईलाई आफ्नो पार्टीमा स्वागत गर्न तयार रहेको बताएका छन् ।

विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको प्रस्तावमाथि बिहीबार प्रदेशसभामा भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका नेता राईले एमालेले पेल्न छाड्ने हो भने समर्थन मात्र होइन,पार्टी नै एकता गर्न चाहेको बताएका थिए ।

शुक्रबार प्रदेशसभामा सांसदहरुको प्रशनको जवाफ दिने क्रममा एमाले मुख्यमन्त्री कार्कीले राईको नामै लिएर एमालेमा स्वागत गर्न तयार रहेको बताए । उनले भने, ‘एमाले निर्माणमा तपाईंको ठूलो भूमिका छ । विद्यार्थी आन्दोलनमा सँगसँगै कुटिएका छौं, जेल गएका छौं । अहिले पनि एमालेमा तपाईंको आवश्यकता छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot