Logo

कोशीका निवर्तमान मुख्यमन्त्री कार्की भन्छन् : मध्यावधिको तयारीमा छैनौं



काठमाडौं, १५ असार । कोशी प्रदेशसभाबाट मुख्यमन्त्रीमा विश्वासको मत नपाएपछि निवर्तमान मुख्यमन्त्री हिक्तमकुमार कार्कीले अहिले नै मध्यावधिको तयारीमा जाने तयारी नगरेको बताएका छन्।

शुक्रबार प्रदेशसभा बैठकपछि बाहिरिँदै निवर्तमान मुख्यमन्त्री कार्कीले अहिले नै मध्यावधिको तयारीमा जाने तयारी नगरेको बताएका हुन्।

उनले भने, ‘प्रदेश प्रमुखले जे आह्वान गर्नुहुन्छ त्यहि हुन्छ। अहिले हामी मध्यावधिको तयारी अवस्थामा छैनौं। यदि मध्यावधिको अवस्थामा पुर्‍यायो भने त जार्नै पर्‍यो।’

यस्तै, उनले आफूले विश्वासको मत नपाएको र राजीनामा दिनु नपर्ने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot