Logo

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर



काठमाडौं, १५ असार । भ्रष्टाचार मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर भएका छन् ।

शुक्रबार विशेष अदालतका न्यायाधिशहरू श्रीकान्त पौडेल, खुसीप्रसाद थारू र शालिग्राम कोइरालाको इजलासले खड्कालाई गैरकानूनी रूपमा सम्पत्ति आर्ज गरेको भन्दै दोषी ठहर गरेको हो।

योसँगै उनलाई बिगोबमोजिमको ९ करोड ३३ लाख २५ हजार ३१४ रुपैयाँ बराबरको जरिवाना र एक वर्ष तीन महिना कैद सजायको फैसला तोकिएको छ।



प्रतिक्रिया दिनुहोस्