Logo

परराष्ट्रमन्त्री साउद अजरबैजान जाँदै



काठमाडौं, १५ असार । परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन्।

उनी असार २०-२१ गते आयोजना हुने असंलग्न राष्टहरूको मन्त्रिस्तरिय बैठक र असार १८-१९ गते हुने उच्च अधिकारीको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन्।

त्यसका लागि बुधबारको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्