Logo

कोशीमा धारा १६८ को उपधारा ३ अनुसार सरकार गठनको आव्हान गर्न एमालेको माग



काठमाडौं,१५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी मुख्यमन्त्री नियुक्त भएको १७४ दिनमै पदमुक्त भएका छन् । मुख्यमन्त्री कार्की पदमुक्त भएसँगै नयाँ बन्ने सरकारको बारेमा राजनीतिक बृतमा चर्चा सुरू भएको छ ।

प्रदेश सभामा कुनैपनि दलको प्रष्ट बहुमत नभएको कारण अब बन्ने सरकार कस्को नेतृत्वमा र संविधानको कुन धारा बमोजिम बन्छ भन्ने प्रष्ट भइसकेको छैन ।

मुख्यमन्त्री कार्की पदमुक्त भएसँगै प्रदेशप्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका छन् । सम्भवत प्रदेश प्रमुख खापुङले शुक्रबार साँझसम्म सरकार गठनको आव्हान गर्ने छन् । प्रदेश सभामा कुनैपनि दलको प्रष्ट बहुमत नरहेको कारण प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा रहेका दुई भन्दा बढि दलको समर्थन जुटाउन सक्नेलाई मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गर्न सक्छन् । तर आजमात्रै प्रदेश सरकारमा सत्ता गुमाएको एमालेले भने प्रदेश प्रमुखलाई नै भेटेर संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठनको आव्हान गर्न माग गरेको छ ।

संविधानको धारा १६८ को उपधारा ३ मा प्रदेश सभामा रहेको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था रहेको छ । यदि एमालेले माग गरेअनुसार प्रदेश प्रमुख खापुङले कदम चालेमा फेरीपनि कोशी प्रदेशको मुख्यमन्त्रीमा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त हुनेछन् ।

तर अहिको परिस्थिती हेर्ने हो भने प्रदेश प्रमुखले धारा १६८ को उपधारा ३ अनुसार सरकार गठनको लागि आव्हान गर्ने देखिदैन । यसअघि एमालेले लुम्बिनी प्रदेशमा पनि संविधानको धारा १६८ को उपधारा ३ अनुसार नै सरकार गठनको आव्हान गर्न माग गरेको थियो तर एमालेको माग प्रदेश प्रमुखले अस्वीकार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot