Logo

एसीसी यू-१६ इस्ट जोन कप: फाइनल प्रवेशका लागि नेपालले सिंगापुरसँग भिड्ने



काठमाडौं,१५ असार । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटअन्तर्गत आफ्नो देस्रो खेलमा मलेसियाविरुद्ध ८४ रनको शानदार जित दर्ता गरि समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको नेपालले फाइनल प्रवेशका लागि सिांपुरसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह ए मा रहेको नेपालले समूहको अन्तिम खेलमा मलेसियालाई ८४ रनले हराउँदै समूह विजेता बनेपछि समूह बि को उपविजेता सिंगापुरसँगको भिडन्त पक्का गरेको हो । सिंगापुर भने आज भएको खेलमा हङकङ्गसँग पराजित भएपछि उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले समूहको पहिलो खेलमा थाइल्याण्डविरुद्ध २२५ रनको रवाफिलो जित दर्ता गरेको थियो । भने दोस्रो खेलमा मलेसियालाई ८४ रनले हराएको थियो ।
फाइनल प्रवेशका लागि हुने खेलहरु सोमबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot