Logo

हामी व्यक्ति आलोचनामा बढी समय खर्च गर्छौं : अर्थमन्त्री डा महत



काठमाडौं, १५ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले कांग्रेसले गरेका काम जनतामाझ लैजान नसक्नु कमजोरी भएको बताएका छन्।

सोमबार लोकतन्त्रवादी आदिवासी जनजाति संघको प्रशिक्षण कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले कांग्रेसले गरेका काम जनतामाझ लैजान नसक्नु कमजोरी भएको बताएका हुन्।

उनले भने, ‘हाम्रो नीति, सिद्धान्त, कार्यक्रम, हामीले गरेको काम सशक्त ढंगले आम जनतामाँझ लैजान नसक्नु कांग्रेसको कमजोरी हो। हामी व्यक्ति आलोचनमा बढी समय खर्च गर्छौं। गहिराइमा पुगेर अध्ययन नगरेका विषय सामाजिक सञ्जालमा राख्दा त्यसले हानी गर्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot