काठमाडौं, १५ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरूलाई आफूले बोलेको कुरा आफैंलाई ग्लानी नहुने गरेर बोल्न आग्रह गरेका छन्।
शुक्रबार संसदीय प्रभावकारीतामा महिला माननीयहरूको भूमिका कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले बोलेको कुरा आफैंलाई ग्लानी नहुने गरेर बोल्न आग्रह गरेका हुन्।
उनले भने, ‘आफूले संसदमा बोल्दा अग्रजहरुले यसरी बोल्नुभएको रहेछ भनेर हेर्न सकुन्। यस्तो नहोस् की आफूले बोलेको कुरा २ वर्षपछि के बोलेको होला भनेर आफैँलाई ग्लानी हुने गरेर नबोल्नु होला। पक्ष, प्रतिपक्षमा हुँदा आरोप लगाउँदा कडै दिउँ भनेर जाँदा कडा कहिलेकाहीँ रेकर्डबाट नै हटाउनुपर्ने सम्मको कडा हुन्छ।’