Logo

समन्वय परिषद्को बैठकले चुनौतीलाई सम्बोधन गर्ने काम गरेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरमा सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले संविधान कार्यान्वयनमा देखापरेका कतिपय चुनौतीहरूलाई सम्बोधन गर्ने काम गरेको बताएका छन्।

शनिबार पोखरामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले बैठकले संविधान कार्यान्वयनमा देखापरेका कतिपय चुनौतीहरूलाई सम्बोधन गर्ने काम गरेको बताएका हुन्।

उनले भने,‘राष्ट्रिय समन्वय परिषद्को बैठकले संविधान कार्यान्वयनमा देखापरेका कतिपय चुनौतीहरूलाई सम्बोधन गर्ने काम गरेको छ। संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारको बीचमा समन्वय गर्ने र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउने दिशामा आजको बैठकबाट निर्णयहरू भएका छन्।’



प्रतिक्रिया दिनुहोस्