काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने बनेको बताएका छन्।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने बनेको बताएका हुन्।
उनले भने,‘आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ। १० सीट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखे, बुइमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौँ भन्ने अवस्थामा पुगेको छ। सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो। अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ।