Logo

दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको सदस्य भएर बस्नुमा मज्जा आउँछः गगन थापा



काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी रुपान्तरणको आवश्यकता औंल्याएका छन् । आज (शनिबार) दोलखा–काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी रुपान्तरणका लागि सबैले आ–आफ्नै ठाउँबाट बदलिन तयार रहेको बताए । कांग्रेसभित्र सुधार र परिवर्तनका लागि आफू पार्टीको सदस्यमात्रै भएर बस्न पनि तयार रहेको बताए ।

‘दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको सदस्य भएर बस्नु मज्जा आउँछ । म त्यो बन्न तयार छ्ु । म त्यो बदलिन तयार छु । बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot