Logo

दाईलाई टिकट बाँड्ने अधिकार दिएपछि छान्ने भाउजुलाई नै होः गगन थापा



काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुन तहको निर्वाचन हो त्यही तहका सदस्यहरुलाई उम्मेदवार छान्ने जिम्मा दिनुपर्ने बताएका छन् । आज (शनीबार) दोलखा–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा टिकट वितरणमा व्यापक गुनासो बढेको भन्दै विधानमै यस्तो व्यवस्था राख्न आवश्यक रहेको बताएका हुन् ।

‘विधानमै के व्यवस्था गरौैं भने स्थानीय निर्वाचन हुनुभन्दा छ महिना अगाडि सम्बन्धित तहले भेला बोलाउने छ । उक्त भेलाबाट सकिन्छ सर्वसम्मत, सकिँदैन भने मतदानबाट आफूहरु मध्येबाट को उम्मेदवार बन्ने हो भन्ने कुरा छान्ने छ भन्ने कुरा जुन तहको चुनाव हो त्यही तहको सदस्यलाई उम्मेदवार छान्ने अधिकार दिउँ । त्यसो गरेन भने यो अन्याय हुन्छ । तपाईले दाईलाई टिकट बाँड्ने अधिकार दिनुभयो भने दाईले कसलाई छान्छ ? भाउजुलाई छान्छ । अरुलाई छान्दै छान्दैन,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्