काठमाडौं,१७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेटवार्ता भएको छ ।
आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई दिएको समर्थन बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारलाई समर्थन गरेको जनमत पार्टी पछिल्लो समय सरकारसँग असन्तुष्ट रहेको छ । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटप्रति तिब्र असन्तुष्ट रहेको जनमतले प्रतिनिधिसभाबाट बजेट पास गर्नेबेला विपक्षमा भोट हालेको थियो ।
आज विहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले राउतलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरेका छन् । दाहालले आफ्नो पार्टीबाट मन्त्री भएका एक मन्त्रीलाई फिर्ता बोलाएर भएपछि छिट्टै जनमतलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने प्रतिवद्धता जनाएका छन् । file photo