काठमाडौं, १७ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन अध्ययनको सन्दर्भमा विद्यार्थीहरुको पहिलो च्वाईस नेपाल ल क्याम्पस हुने गरेको बताएका छन् । आज (आईतबार) नेपाल ल क्याम्पसको ६९औं वार्षिक उत्वसलाई सम्बोधन गर्दै उनले कानु्न अध्यायनका लागि अन्य विश्वविद्यालय र नीजि तवरबाट कजेजहरु खुले पनि नेपाल ल क्याम्पसप्रतिको विद्यार्थीहरुको विश्वास बढी रहेको उनको भनाई छ । उक्त क्याम्पसका पूर्व विद्यार्थीसमेत रहेका प्रधानन्यायाधीश कार्कीले क्याम्पसले आफ्नो गुणस्तर कायम राख्ने निकै मेहतन गरेको स्मरण गरे ।
‘अहिले ल कलेजको अलवा विभिन्न अन्य कलेजहरु पनि नीजी श्रेत्रबाट खुलेका छन् । अरु विश्वविद्यालयहरुले पनि खुलेका छन् । तर, पनि म गल्ती छैन भने अहिले पनि पहिलो च्वाईस नेपाल ल क्याम्पस नै हुन्छ । नेपाल ल क्याम्पसले आफ्नोपन, आफ्नो स्तरियता, कायम राख्नका लागि अथक मेहनत गरेको छ । परिश्रम गरेको छ,’– उनले भने ।
प्रहरी, सैनिक र हरेक सरकारी संगठनमा कानुन पढेर प्रवेश गरेकाहरुले आफ्नो छुट्टै पहिचानसहित विशिष्ट स्थान बनाएर बस्न सफल भएको उनले बताए । कानुनका प्रक्रिया हरेक ठाउँमा पुरा गर्नुपर्ने भएकाले कानुन के हो भन्ने कुरा बुझ्न जरुरी रहेको उनले बताए । कानुन पढ्ने मान्छेहरुमा विशेष खाल्को क्षमताको विकास हुने गरेको उनको दाबी छ । Photo by: Mukunda Kalikote/Reporters Nepal