
काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअफको खेलमा यूएईले दिएको १८२ रनको लक्ष्य पछयाएको नेपाललाई पहिलो ओभरमै झट्का लागेको छ ।
नेपालले पहिलो विकेटकारुपमा १ दशमलव १ ओभरमा अर्जुन साउदलाई गुमाएको हो । १ रन बनाएर खेलिरहेका उनलाई मह्मद जवादुल्लहले एलबी डब्लू धरापमा पारेका थिए ।
ताजा अवस्थामा नेपालले ३ ओभरको खेल चलिरहँदा १ विकेट गुमाएर ३ रन बनाएर खेलिरहेको छ ।