Logo

बागमती प्रदेशसभाको बैठक स्थगित



काठमाडौं,१७ असार । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटमाथि छलफल गर्न बसेको बैठकमा प्रतिपक्षी दल एमाले र राप्रपाको लगातार अवरोधपछि बैठक साँझ ५ बजेसम्म स्थगित भएको हो ।

सरकारले एकपक्षीय बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले सहित राप्रपा र नेमकिपाका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो ।

यसअघि एमाले र राप्रपाले दुईपटक बैठक अवरुद्ध गरेका थिए। अर्को बैठक साँझ ५ बजेलाई बोलाइएको छ।



प्रतिक्रिया दिनुहोस्