Logo

यूएईविरुद्ध नेपाललाई तेस्रो झट्का



काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअफको खेलमा यूएईले दिएको १८२ रनको लक्ष्य पछयाएको नेपाललाई तेस्रो झट्का लागेको छ ।

तेस्रो झट्कास्वरुप नेपालले कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । १५ बलको सामना गरेका उनले ४ रन बनाएका थिए । उनलाई मह्मद जवादुल्लाहाले आउट गराएका हुन् ।

ताजा अवस्थामा नेपालले १६ ओभरको खेल चलिरहँदा ३ विकेट गुमाएर ५० रन बनाएर खेलिरहेको छ । अहिले नेपालको क्रिजमा कुशल भूर्तेल र भीम सार्की रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्