Logo

यूएईविरुद्ध चलेन नेपालको ब्याटिङ,गुम्यो पाँचौं विकेट



काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअफको खेलमा यूएईले दिएको १८२ रनको लक्ष्य पछयाएको नेपाललाई पाँचौं झट्का लागेको छ ।

पाँचौं झट्कास्वरुप नेपालले आरिफ शेखलाई गुमाएको हो । भीम सार्कीको स्थानमा मैदान प्रवेश गरेका आरिफ ५ बलको सामना गर्दै एलबी डब्लु धरापमा परेका हुन् ।

ताजा अवस्थामा नेपालले १९ ओभरको खेल चलिरहँदा ५ विकेट गुमाएर ५६ रन बनाएर खेलिरहेको छ । अहिले नेपालको क्रिजमा कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्