Logo

अधिवक्ता लामिछानेसँग नासु तामाङले घुस मागेको बारको आरोप, सिसिटिभी फुटेज निकाल्न इन्कार



काठमाडौं, १७ असार । नेपाल बार एशोसिएशनले ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुव्वा प्रेमिका तामाङले अधिवक्ता अमिर लामिछानेसँग घुसमागेपछि सामान्य विवाद भएको बताएको छ । आज (आईतबार) बारले विज्ञप्ति जारी गर्दै अधिवक्ता लामिछानेले अदालती काम कारवाहीको सन्दर्भमा मुद्दामा भएको आदेश हेर्नलाई घुस मागेको र अधिवक्ता लामिछानेले त्यसलाई ईन्कार गर्दा विवाद भएको बताएको छ । घटनाको वास्तविकता र यथार्थ विवरणलाई बङ्ग्याई उल्टै अधिवक्ता लामिछानेलाई एकतर्फी दोषी देखाउने काम भएको भन्दै नेपाल बार एसोशिएनले आपत्ति जनाएको छ ।

नेपालको संविधानको धारा १७ (२) (च) र नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २२ ले प्रत्याभूत गरेको कानून व्यवसायीको हैसियतले जुनसुकै अड्डा अदालतमा उपस्थित भई पक्षको प्रतिनिधित्व गर्दै पेशा व्यवसाय गर्ने हक कुण्ठित गर्ने कार्य जो कोहिबाट भए एशोसिएशनले डटेर सामना गर्नेसमेत विज्ञप्तिमा भनिएको छ ।

अदालकी कर्मचारी तामाङकोविरुद्धमा प्रमाण भएकोले सिसिटिभी फुटेज प्रकाशमा ल्याउन आनाकानी भएको बारको ठहर छ । साथै, कृतिम मुद्दा लगाई थुनामा राखिएका कानून व्यवसायी लामिछानेलाई २४ घन्टाभित्र विना शर्त रिहाई गर्नसमेत नेपाल बारले माग गरेको छ । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्